Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गरिँदै

काठमाडौं । सरकारले आज आइतबार आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दैछ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्न लागेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले अपराह्न ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची छ । हरेक वर्ष जेठ १५ गते संघीय बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

शनिबार नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारिता भएको थियो । नीति तथा कार्यक्रम पारित भएसँगै बजेट ल्याउने बाटो खुलेको हो ।

शनिबारको संसद् बैठकबाट आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम पारित भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077