Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कृषि तथा पशुपन्छी क्षेत्रको विकासका लागि ५५ अर्ब विनियोजन, बजेटमा निजगढ विमानस्थल समेटियो

काठमाडौँ । सरकारले कृषि तथा पशुपन्छी क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि ५५ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पशुपन्छी क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि ५५ अर्ब ५७ करोड बजेट विनियोजन गरेको जानकारी दिए ।

कृषि बजेट आर्थिक बर्ष २०७८र७९ को तुलनामा १० अर्ब ४८ करोड रुपैयाँले बढी हो । आर्थिक वर्ष २०७८र७९ मा कृषि तथा पशुपन्छीतर्फ ४५ अर्ब ९ करोड रकम विनियोजन भएको थियो ।

यस्तै निगजढ विमानस्थलको ढाँचा निर्माण गरी लगानी बोर्डबाट आयोजना विकास कार्य अगाडी बढाउने योजना बजेटमार्फत सार्वजनिक गरेका छन् ।

गौतमबुद्ध र पोखरा विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने घोषणा समेत अर्थमन्त्रीले गरे । त्रिभुवन विमानस्थको चाप व्यवस्थित गर्न र दोस्रो टर्मिनल भवन बनाउन समेत बजेट विनियोजन भएको छ ।

हवाई तथा यात्रु चापको विश्लेषणका आधारमा गौतमबुद्धमा समेत दोस्रो टर्मिनल बनाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077