Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नवनिर्वाचित प्रमुख बालेन र उपप्रमुख सुनिताले लिए नेपाल भाषाबाट शपथ

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन साह  र उपप्रमुख सुनिता डंगोलले नेवारी (नेपाल) भाषामा पनि शपथ लिएका छन्।

सोमबार पद तथा गोपनीयताको शपथग्रहण लिँदै गर्दा उनीहरूले नेवारी भाषाबाट पनि शपथ लिएका हुन्। सोमबार महानगरका मुख्य निर्वाचन अधिकृतले प्रमुख साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताका शपथ ग्रहण गराएका थिए।

मेयर बालेनले पहिलोपटक नेपाली भाषामा शपथ लिएर दोस्रोपटक नेवारी भाषाबाट शपथ लिएका थिए भने उपप्रमुख सुनिताले नेपाल भाषामा मात्रै शपथ लिएकी थिइन्।

शपथग्रहणपश्चात् नवनिर्वाचित जनप्रतिनिधिहरूले आजै पदभार ग्रहण गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077