Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

जनप्रतिनिधिले शासक बनेर होइन, सेवकका रूपमा काम गर्न जरुरी छ : महामन्त्री थापा

मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई शासकका रूपमा नभएर जनताका सेवक बनेर काम गर्न सुझाव दिएका छन् ।

स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित प्रतिनिधिलाई सम्मान गर्दै थापाले नागरिकको सेवकका रूपमा काम गरेर उनीहरुको जीवन बदल्ने प्रयास गर्न आग्रह गरेका हुन् ।

‘जनप्रतिनिधिले शासक बनेर होइन, सेवकका रूपमा काम गर्न जरुरी छ । अघिल्लो स्थानीय तहमा चुनावमा निर्वाचितले शासकको रुपमा काम गर्दा अहिले धेरै पुराना जनप्रतिनिधि पराजित हुनुपरेको छ,’ उनले भने ।

उनले थपे जवाफदेही, पारदर्शी भएर काम गरौं । अब अरुका कारण काम गर्न सकिएन भन्न पाइँदैन । जनताले मत दिएका छन् । त्यसको सम्मान गर्नुको विकल्प छैन ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077