Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फरक शैलीमा काठमाडौंका मेयर बालेन : शपथदेखि कार्यपालिका बैठकसम्म

काठमाडौं । पद तथा गोपनीयताको शपथपछि सोमबार साँझ बसेको काठमाडौं महानगर कार्यपालिकाको पहिलो बैठकले फोहोर व्यवस्थापनको समस्या समाधान गर्ने विषयमा अध्ययन गर्न मेयर र उपमेयरको नेतृत्वमा कार्यदल बनाएको छ ।

बैठकले सडकका खाल्टाखुल्टी पुर्ने, ढल निकास नियमित गर्नेजस्ता काम गर्नेगरी दुईवटा भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । बैठकमा नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले सोसम्बन्धी प्रस्ताव गरेका थिए भने उनको प्रस्तावलाई कार्यपालिका बैठकले अनुमोदन गरेको हो ।

यसैगरी, कार्यपालिका बैठकले नगरवासीको गुनासो सुन्न कल सेन्टर स्थापना गर्ने निर्णयसमेत गरेको छ । सो कल सेन्टर सात दिनभित्र स्थापना गरिनेछ ।

बैठकमा मेयर साहले निजी रेस्टुरेन्ट, होटल तथा पेटोल पम्पका शौचालयलाई सरोकारवाला पक्षसँगको सहकार्यबाट निःशुल्क रूपमा सञ्ञ्चालनमा ल्याउने विषयलाईसमेत प्रस्तावका रूपमा अघि सारेकोमा त्यसलाईसमेत बैठकले अनुमोदन गरेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077