Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • आजदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण बन्द

    आजदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण बन्द

    अनलाइन नेपाल
  • मंगलबार, १७ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं ।मेलम्ची खानेपानीको मुखढोका बन्द गरिएको छ ।

    सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानमा वर्षा सुरु भएकाले टनेलभित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश भएको भन्दै मंगलबार बिहान ८ बजेदेखि मूल ढोका बन्द गरिएको हो ।



    बालुवा गेग्रानसहितको धमिलो पानी टनेलभित्र प्रवेश गरेको भन्दै टनेलको सुरक्षार्थ मूल ढोका बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।



    मूल ढोका बन्द गरिएसँगै महाँकालचौर पानी भण्डारण पोखरीमा पानी आउन बन्द भएको छ । आजैदेखि मेलम्ची खानेपानी वितरण समय तालिकासमेत हेरफेर गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार