Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कान्छा लामाको हत्यामा संलग्न फरार वाईबा पक्राउ

काठमाडौं । हत्यामा संलग्न रही फरार भएका व्यक्ती पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुर फापरबारीका ४१ बर्षीय दिपक लामा वाईबा रहेका छन् ।

गत बैशाख २८ गते सिन्धुपाल्चोक घर भएका ३५ बर्षीय जिवन भन्ने कान्छा लामा तामाङको हत्यामा संलग्न वाईबालाई मंगलबार काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाण्डौको कलंकीबाट पक्राउ गरेको हो ।

तामाङको शब काठमाडौंको नयाँबजार स्थित विष्णुमती खोलामा भेटिएको थियो ।

हत्यामा संलग्न अन्य ठोकर कान्छा भन्ने कान्छामान ठोकर र गायत्री नगरकोटीलाई यस अघिनै नियन्त्रणमा लिइएको छ ।

उनिहरुकै बयानका आधारमा वाईबालाई पक्राउ गरि आवश्यक कानुनी कारवाहीको लागी जिल्ला प्रहरी परिसर काठमाण्डौं, टेकु पठाईएको पराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077