काठमाडौं । न्युजिल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं नागार्जुन स्युचाटारका ४५ वर्षीय विकास भट्टराई खत्री रहेका छन् ।
उनले पीडितद्वय लाई वर्किङ भिसामा न्युजिल्याण्ड पठाइदिने र न्युजिल्याण्ड पुगेपछि कृषि फर्ममा काम लगाइदिन्छु भन्दै प्रतिव्यक्ति पन्ध्र लाख रुपैयाँका दरले तीस लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भएका थिए ।
खत्रीलाई मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाएको छ ।