Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

भरुवा बन्दुकसहित बैतडीमा २ जना पक्राउ

काठमाडौं । बैतडीमा भरुवा बन्दुकसहित २ जना समातिएका छन्। जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ४ मठैराजस्थित चौंसालको जंगलबाट दुईजना भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा दोगडाकेदार वडा नं ८ का ४० बर्षीय हिक्मत बहादुर बिष्ट र डिलाशैनी ४ का २१ बर्षीय राजेन्द्र बहादुर बिष्ट रहेका छन्।

उनीहरुको साथबाट एकनाले दुईथान भरुवा बन्दुक, त्यसमा लाग्ने छर्रा र बारुद समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए।

यस्तै घोरलको जस्तो देखिने टाउको, घोरलको जस्तै देखिने दुई थान छाला र १५ केजी मासु पनि बरामद गरिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077