Jul 18 2026 | २०८३, श्रावण २ गते

18 Jul 2026 | शनिवार, श्रावण २ गते २०८३

शनिवार, श्रावण २ गते २०८३
images
images

इटालीलाई हराउँदै अर्जेन्टिना बन्यो च्याम्पियन

एजेन्सी । दक्षिण अमेरिकन च्याम्पियन अर्जेन्टिना र युरोपियन च्याम्पियन इटालीबीचको भिडन्तमा अर्जेन्टिना विजयी भएको छ ।

कोन्मेबोल–यूईएफए कप अफ च्याम्पियन्स–फाइनालिजिमा अन्तर्गतको बुधबार राति भएको खेलमा अर्जेन्टिनाले इटालीमाथि ३–० गोल अन्तरको शानदार जित निकालेको हो । अर्जेन्टिनालाई जित दिलाउने लियोनेल मेस्सीले उपलब्ध गराएको राम्रो अवसरमा लाउरेटो मार्टिनेजले गोल गरे ।

त्यस्तै त्यस्तै पहिलो हाफको इन्ज्युरी समयमा एन्जल डि मारियाले शानदार गोल गरे । खेलको इन्ज्युरी समयमा मेस्सीको पासको सदुपयोग गर्दै पाउलो डिबेलाले अर्को गोल गरेका थिए ।

इटालीले भने खेलमा कुनै गोल गर्न सकेन । दुई महादेशका च्याम्पियनहरुबीचको यस किसिमको प्रतिस्पर्धा २९ वर्षमा पहिलोपटक भएको हो।

यो प्रतियोगिता यसअघि आर्टेमिओ फ्रान्की कपको रुपमा यसअघि दुईपटक आयोजना भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077