Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

बैतडीमा ४५ वर्षीय एक युवक होटलमा मृत भेटिए

काठमाडौं । बैतडीमा एक युवक मृत भेटिएका छन्। जिल्लाको सिगास गाउँपालिका वडा नं २ मा युवक मृत अवस्थामा भेटिएका हुन्।

प्रहरीका अनुसार गाजरी बजारमा करिब ४५ वर्षीय गगनसिंह धामी मृत फेला परेका हुन्। उनी वडा नं १ ईरानाका वासिन्दा हुन्। धामी आज बिहान करिव साढे ६ बजे एक होटलमा मृत फेला परेका हुन्।

स्थानीयका अनुसार उनी विहानै गाजरीस्थित एक होटेलमा पसेका थिए। त्यहाँ गएको केही समयमै उनी मृत भेटिएका हुन्।

अहिले इलाका प्रहरी कार्यालय पाटनको टोली घटनास्थलतर्फ गईरहेको छ। घटनाबारे थप अनुसन्धान बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077