Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शहरी विकासमन्त्री झाँक्रीले भनिन् - फोहोर व्यवस्थापनमा महानगरसँग सहकार्य गर्न तयार छौं

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरले शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई भेटेका छन् । बिहीबार मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले मन्त्री झाँक्रीलाई मन्त्रालयमा भेटेका हुन् ।

उनीहरुलाई बधाई दिँदै मन्त्री झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि महानगरसँग सहकार्य गर्न मन्त्रालय सधैं तयार रहेको बताएकी छन् ।

बन्चरेडाँडा ल्यान्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गरिने उनले बताइन् । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रतिबद्ध भएर काम गरिरहेको बताउँदै उनले बन्चरेडाँडामा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गरिने बताएकी हुन् ।

यस्तै काठमाडौं महानगरपालिकाका मेयर शाहले बन्चरेडाडाँडा ल्यान्डफिल्ड साइटमा फोहोर विसर्जनका लागि मन्त्रालयले सहयोग गर्नुपर्ने भन्दै यस विषयमा मन्त्रालयले गरेका प्रतिबद्धता शत प्रतिशत कार्यान्वयन गर्न अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077