Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

बैकिङ कसुर मुद्दामा फरार चौलागाई पक्राउ

काठमाडौं । बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरिमनोहरा घर भई हाल शंखरापुर बस्दै आएका ४८ बर्षीय रामेश्वर चौलागाई रहेका छन् ।

उच्च अदालत पाटनबाट गत बैशाख ४ गते बैकिङ कसुर मुद्दामा एक करोड रूपैयाँ जरिवाना र १ महिना कैद सजाय सुनाइएका चौलागाई फरार रहेका थिए ।

उनलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले भिमसेनगोलाबाट पक्राउ गरी थप अनुसन्धानको लागि काठमाडौं जिल्ला अदालत पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077