Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कैलालीमा जुवा खालबाट नगद ८६ हजारसहित पाँच जना पक्राउ

कैलाली । धनगढीमा तास खेलिरहेका जुवाडेहरूलाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका १ स्थित बसन्त टोलबाट जुवा खेलिरहेका पाँच जनालाई प्रकाउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सो ठाउँका ४० वर्षीय दिपु श्रीमालको घरमा जुवातास खेलिरहेको भन्ने विषेश सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाउ पर्नेमा डोटी दिपायल सिलगढी ६ घर भएका हाल धनगढी ३ बस्ने तेजबहादुर बोगटी, धनगढी १ बस्ने धनबहादुर खड्का, धनगढी १ बस्ने वर्ष रमेश श्रीमाल, धनगढी ७ बस्ने रामकृष्ण राना र धनगढी ७ बस्ने शान्तराम चौधरी रहेका छन् ।

उनीहरुको साथबाट नगद ८६ हजार बरामद पनि गरेको कैलाली प्रहरीले जनाएको छ । उनीहरु माथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077