Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सिसडोलमा फोहोरको गन्ध मापन गरेर फर्कियो वैज्ञानिकको टोली, सोमबारभित्र नमुना परीक्षण गरिसक्ने

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले ल्यान्डफिल साइटलाई गन्धरहित बनाएर फोहोर विसर्जन गर्ने बताए लगत्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को वैज्ञानिक टोली शनिबार सिसडोल पुगेको छ।

मेयर साहको आग्रहपछि नास्टले वैज्ञानिक डा. भोजराज पन्तको नेतृत्वमा वैज्ञानिक टोली सिसडोल ल्यान्डफिल साइट पठाएको हो।

गन्ध मापन गर्न नमुना सङ्कलन गरेर फर्किएपछि डा. पन्तले भने- 'हामीले सिसडोल ल्यान्डफिल साइटको चार क्षेत्रको गन्ध मापन गर्न नमुना लिएर आएका छौँ। अब मापन गरेपछि मात्र कति मात्रामा गन्ध रहेको छ भन्ने थाहा लाग्नेछ।'

उनले सम्भवतः सोमबारभित्र नमुना परीक्षण गरिसक्ने जानकारी दिए। गन्ध को हानिकारक मात्रा परीक्षणपछि गन्ध हटाउन कुन प्रकारको रसायन प्रयोग गर्ने भन्ने विषयमा निर्णय हुने बताइएको छ। नेपाल समाचार पत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077