Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

घनश्यामलाई कारबाही सिफारिसप्रति योगेश असन्तुष्ट, भन्छन् - अप्ठ्यारो बेलामा सबै समालिनु पर्छ

काठमाडौं । नेकपा एमाले नेता घनश्याम भुसालमाथि कारबाही सिफारिसप्रति सचिव योगेश भट्टराईले असन्तुष्टि व्यक्त गरेका छन् । उनले अप्ठ्यारो बेलामा सबै समालिनु पर्ने भन्दै आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सही ठाउँमा नपुर्‍याउने बताए । सामाजिक सञ्जालमा उनले लेखेका छन्-'अप्ठ्यारो बेलामा सबै समालिनु पर्छ । आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सहि ठाउँमा पुर्‍याउँदैन। फेरि पनि बादे बादे जायते तत्व बोध।’ एमालेको अनुशासन आयोगको बुधबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै अन्तर्वार्ता दिएको विषयमा भूसाललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । स्थानीय तह चुनावको परिणाम सार्वजनिक भएलगत्तै नेता भूसालले एक टेलिभिजनमा अध्यक्ष ओलीको आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077