Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राप्रपासँग सहकार्य गर्न राजसंस्थालाई हेर्ने दृष्टिकोणमा सुधार गर्नुपर्छ : अध्यक्ष थापा

    राप्रपासँग सहकार्य गर्न राजसंस्थालाई हेर्ने दृष्टिकोणमा सुधार गर्नुपर्छ : अध्यक्ष थापा

    अनलाइन नेपाल
  • आइतबार, २२ जेष्ठ २०७९
  • 837
    SHARES

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाले राजसंस्थाको एजेन्डामा पुनर्विचार गरे आगामी दिनमा सहकार्य हुनसक्ने बताएका छन् ।

    विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष थापाले निकट भविष्यमा नभए पनि पछि सहकार्य हुनसक्ने बताएका हुन् ।



    ‘हामी कांग्रेस, एमाले माओवादीसँग सहकार्य गर्न सक्छौं भने राप्रपासँग सहकार्य गर्न नसक्ने भन्ने कुरा आउँदैन् तर सहकार्य र एकताका लागि राजसंस्थालाई हेर्ने दृष्टिकोणमा सुधार गर्नुपर्छ ,’ उनले भने ।



    पार्टीको अगुवा कार्यकर्ता भेलाका लागि विराटनगर आएका थापाले डेढ दशकयता राजसंस्थासहितको प्रजातन्त्रका लागि पहल गरेको बताउँदै राजसंस्था फर्कन सक्ने अवस्था नरहेको दाबी गरे ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार