काठमाडौं । नेपाल टेलिभिजन र यस अन्तर्गतका विभिन्न टेलिभिजन च्यानलको प्रशारण अवरुद्ध भएको छ ।
सोमबार दिउँसो २ ३० बजेदेखि एनटीभी, एनटीभी प्लस, एनटीभी न्यूज, एनटीभी कोहलपुर र एनटीभी इटहरीको प्रशारण अवरुद्ध भएको हो ।
के कारणले अवरुद्ध भएको हो खुल्न सकेको छैन ।
एनटीभीका अध्यक्ष समीरजंग शाहले प्रशारण अवरुद्ध भएको विषयमा जानकारी लिइरहेको बताए ।