काठमाडौं । बुढानिलकण्ठका सर्वेक्षक र अमिनविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चावहिल १ नं.नापी टोली, बुढानिलकण्ठमा कार्यरत सर्भेक्षक विनोद के.सी. र अमिन प्रकाश राज भट्टविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
अख्तियारले उनिहरुले जग्गाको हालसाविक गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको पुष्टि गर्दै मुद्दा दर्ता गरेको हो ।
उनिहरुलाई १ लाख रुपैयाँ बिगो माग दावि गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियार आयोगले जनाएको छ ।