Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • काठमाडौंको फोहोर मंगलबारदेखि उठाइने, यस्तो भयो सहमति

    काठमाडौंको फोहोर मंगलबारदेखि उठाइने, यस्तो भयो सहमति

    अनलाइन नेपाल
  • सोमबार, २३ जेष्ठ २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । काठमाडौंमा दस दिनदेखि थुप्रिएको फोहोर मंगलबार बिहानबाट बञ्चरेडाँडा डम्पिङ साइटमा लैजान सहमति भएको छ । सरकार र फोहोर फाल्ने क्षेत्रका वासिन्दाबीचको सहमति भएपछि फोहोर उठ्ने भएको हो ।

    शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिका र स्थानीय वासिन्दाबीच सोमबार सहमति भएपछि काठमाडौंको फोहोर व्यवस्थापन हुन लागेको हो ।



    सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा आज भएको जनप्रतिनिधिहरुबीचको वार्ताले सो सहमति जुटाएको हो ।सहरी विकास मन्त्रालयमा दिउसो ३ बजे सुरु भएको वार्ता राति सात बजे सकिएको थियो ।



    वार्तामा काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल सहभागी थिए । यसै गरी ककनी, धुलिबेसी, गोकर्णेश्वर जनप्रतिनिधिको सहभागिता थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार