Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयको रोक, सहमति कार्यान्वयन नभएको आरोप

    बञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयको रोक, सहमति कार्यान्वयन नभएको आरोप

    अनलाइन नेपाल
  • सोमबार, १ साउन २०८०
  • 588
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नुवाकोटको बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा आजदेखि फोहोर फाल्नमा स्थानीयले रोक लगाएका छन् ।

    सरकार र काठमाडौं महानगरपालिकाले सहमति कार्यान्वयन नगरेको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाले सोमबारदेखि फोहोर विसर्जनमा अवरोध गरेका हुन् ।



    बन्चरे डाँडाको ल्याण्डफिल साइटमा फोहोर लिएर जाने गाडीलाई रोक स्थानीयले रोकेका हुन् । स्थानीयहरुले आफ्ना माग पुरा नभएसम्म फोहोर फाल्न नदिने पनि बताएका छन् ।



    यसैबीच, ककनी गाउँपालिकाले फोहोर बोकेर बन्चरेडाँडा जाने हरेक सवारी साधनबाट १५ सय सम्म शुल्क लिने निर्णय गरेकोमा ककनी गाउँपालिकाविरुद्ध सर्वोच्चमा अदालतमा रिट दायर भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार