Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सिसडोल र बन्चरे डाँडाका जनतासँग गरिएका वाचा पूरा गर्न अर्बौं रकम आवश्यक पर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं महानगरको फोहोर व्यवस्थापनका लागि सिसडोल र बन्चरे डाँडाका जनतासँग गरिएका वाचा पूरा गर्न अर्बौं रकम आवश्यक पर्ने बताएका छन् ।

मंगलबार संसदमा सिसडोलवासीसँग फोहोर फाल्न सहमति भएको तर मंगलबार बिहानै स्थानीयले फोहोर फाल्न नदिएको बारे बोल्दै आगामी वर्षको बजेटबाटै पनि ती स्थानको लागि रकम छुट्याउन सकिने बताएका हुन् ।

उनले फोहोर व्यवस्थापनमा देखिएको पछिल्लो समस्याबारे संसद्‍लाई जानकारी गराइदिन पनि सहरी विकास मन्त्रीलाई आग्रह गरेका छन् ।

उनले फोहोर व्यवस्थापनमा सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले हालै गरेका पहलको प्रसंसा गर्दै पछिल्लो समय देखिएको समस्याबारे जानकारी दिन आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077