Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • दशगजामा भारतीय सुरक्षाकर्मीले गाडेको पोल र काँडेतार सशस्त्रले हटायो

    दशगजामा भारतीय सुरक्षाकर्मीले गाडेको पोल र काँडेतार सशस्त्रले हटायो

    अनलाइन नेपाल
  • मंगलबार, २४ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौँ । भारतीय सशस्त्र वन रक्षकले कञ्चनपुरको दोधारा–चाँदनीस्थित दशगजा क्षेत्रको जमिन कब्जा गर्न लगाएको काँडेतार र सिमेन्टेड पोल सशस्त्र प्रहरी बल (एपीएफ)ले हटाएको छ ।

    भारतीय सशस्त्र सीमा बल (एसएसबी)को संरक्षणमा दशगजा क्षेत्रको जमिन आफ्नोतर्फ पार्न भारतीय सुरक्षाकर्मीले गाडेका सिमेन्टका पोल र काँडेतार सीमा सुरक्षार्थ देविस्थानबाट तैनाथ सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी)बाट खटिएको टोलीले हटाएको हो ।



    सिमेन्टेड पोल गाडेर दशगजाको जमिन आफ्नो तर्फ पार्न काँडे तारजाली लगाएको सुइँको पाएपछि जेठ १८ मा सशस्त्र प्रहरी टोली भारतीय अनधिकृत संरचना हटाउन पुगेको थियो ।



    सशस्त्र प्रहरीले दशगजामा बनाइएका संरचना हटाउन थालेपछि भारतीय सुरक्षाकर्मी भनाभनमा उत्रिएको स्रोत बताउँछ ।

    तर, दशगजामा संरचना बनाउन नदिने सशस्त्र प्रहरीको अडानपछि एसएसबी र सशस्त्र सीमा बलको टोली पछि हटेको थियो । त्यसपछि सशस्त्रले सिमेन्टेड पोल र काँडेतार हटाएर दशगजाको भूभाग खाली गराएको थियो ।

    यो विषयमा सशस्त्र प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई पनि जानकारी गराएको थियो । गृह स्रोतका अनुसार अनधिकृत रुपमा संरचना बनाएको विषयमा भारतीय पक्षलाई समेत जानकारी गराउन गृह मन्त्रालयले परराष्ट्रलाई पत्राचार गरेको गृह मन्त्रालय स्रोतले बतायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार