Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • भारतीयले दशगजा नजिकै खनेको कुलो सशस्त्रले भत्कायो

    भारतीयले दशगजा नजिकै खनेको कुलो सशस्त्रले भत्कायो

    अनलाइन नेपाल
  • बिहिबार, २६ जेष्ठ २०७९
  • 891
    SHARES

    काठमाडौँ । महोत्तरीको जलेश्वरस्थित नेपाल-भारत सीमा क्षेत्र नजिकै भारतीय पक्षले स्काभेटर प्रयोग गरी कुलोरनहर खनेर पानीको बहाव नेपालतर्फ फर्काउने प्रयास गरेका छन् ।

    मंगलबार मध्यराति नेपाल-भारत सीमावर्ती क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका ३, खैरागाउँबाट दक्षिणतर्फ भारतको सितामढी जिल्लाको श्रीखण्डी ग्राम पञ्चायत-४ का स्थानीयले पानीको बहाव नेपालतर्फ फर्काउन स्काभेटरले खनेको कुलो सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीको टोलीले भत्काएर पुरानै अवस्थामा कायम गरेको हो ।



    भारतले कुलो खनेको स्थान नेपाल(भारत सहायक सीमा स्तम्भ ३००/६ ९४० नम्बरबाट ३ मिटरभित्र पर्छ । भारतीयले खनेको कुलो कायम रहने हो भने त्यहाँबाट पानी एकत्रित भई नेपालतर्फै फर्किन्छ तर सशस्त्रले कुलोको स्थान पुरेपछि पानीको बहाव छेकिएर नेपालतर्फै फर्किने सम्भावना अहिलेलाई टरेको हो ।



    नेपालतर्फ पानीको बहाव फर्काउन एकतर्फी कुलोरनहर खन्ने केही भारतीयलाई स्काभेटरसहित नियन्त्रणमा लिई सचेत गराएर भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइएको महोत्तरीस्थित सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी मुख्यालय स्रोतले जानकारी दियो ।

    मध्यरातमा भारतीयले स्काभेटर प्रयोग गरी कुलो खन्न थालेको सूचना पाएपछि नेपालतर्फको खैरागाउँका स्थानीयले सशस्त्र प्रहरीलाई खबर गरेका थिए । त्यसको केहीबेरमा जलेश्वरस्थित बोर्डर आउट पोस्ट (बीओपी)बाट खटिएको सशस्त्रको टोलीले स्काभेटरसहित केही भारतीय नागरिकलाई नियन्त्रणमा लिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार