Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रधानन्यायाधीश विरुद्ध महाभियोग प्रस्ताव असरल्ल पार्न ल्याइएको कि फैसला गर्न ल्याइएको : खगराज अधिकारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध ल्याइएको महाभियोग प्रस्ताव संसद्‌मा तत्काल अगाडि बढाउन माग गरेको छ।

बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खगराज अधिकारीले महाभियोग प्रस्ताव किन? रोकेको भन्दै सरकारलाई प्रश्न गरेको हुन्।

उनले भने, ‘महाभियोग प्रस्ताव असरल्ल पार्न ल्याइएको कि फैसला गर्न ल्याइएको तुरुन्त अगाडि बढाइयोस्।’

निलम्बित प्रधानन्यायाधीश जबराविरुद्ध पाँच दलीय गठबन्धनको तर्फबाट संसदमा महाभियोग दर्ता भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077