Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बञ्चरेडाँडामा दुई सय बढी प्रहरी परिचालन

काठमाडौं । बञ्चरेडाँडामा दुई सय बढी प्रहरी परिचालन गरिएको छ।

काठमाडौंबाट फोहोर फाल्न गएको गाडी स्थानीयले विरोध गर्दै सडकमा उत्रिएपछि प्रहरी परिचालन गरिएको हो ।
प्रहरीको टोली काठमाडौंबाटै परिचालन गरिएको हो।

काठमाडौं उपत्यकाबाट दुई सय बढी प्रहरी परिचालन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।

त्यसैगरी त्यहाँ सशस्त्र प्रहरीको टोली पनि खटिएको छ।

काठमाडौं महानगर, सहरी मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमति भएपछि फोहोर उठाउन थाले पनि विसर्जन गर्ने स्थानमा स्थानीय बासिन्दाले अवरोध गर्दै आएका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077