Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बञ्चरेडाँडामा प्रहरीले हान्यो अश्रुग्यास

काठमाडौं । नुवाकोटको बञ्चरेडाँडामा तनावको स्थिति सिर्जना भएको छ ।

काठमाडौं उपत्यकाको फोहोर फ्याँक्ने क्रममा बुधबार स्थानीयले अवरोध गरेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको छ ।

स्थानीयले ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास हान्नु परेको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ ।

यस्तै त्यहाँ दुई सय बढी प्रहरी परिचालन र सशस्त्र प्रहरीको टोली पनि खटिएको छ।

काठमाडौं महानगर, सहरी मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमति भएपछि फोहोर उठाउन थाले पनि विसर्जन गर्ने स्थानमा स्थानीय बासिन्दाले अवरोध गर्दै आएका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077