Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध, बिहानैदेखि पहिरो हटाइँदै

काठमाडौं । वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग संचालन गराउने प्रयास भइरहेको जानकारी दिए । पहिरोकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ ।

इच्छाकामना–४ स्थित नाग्दिखोलामा गएराति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077