Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसियन कप छनोट : नेपाल पहिलो खेलमा जोर्डनसँग पराजित

काठमाडौं । एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत समूह ए को पहिलो खेलमा नेपाल बलियो प्रतिद्वन्द्वी जोर्डनसँग पराजित भएको छ।

कुवेतस्थित जबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा बुधबार राति सम्पन्न खेलमा पहिलो हाफमा गोलरहित बराबरी खेलेपनि नेपाल कमजोर डिफेन्सका कारण २-० ले पराजित भएको हो।

खेलको पहिलो हाफमा गोल रहित बराबरी भएकोमा दोस्रो खेलमा जोर्डनले दुई गोल गर्यो । खेलको ६८ औँ मिनेटमा जोर्डनका लागि अली अल्वानले गोल गरे ।

यस्तै ८२ औँ मिनेटमा नेपालका सुमन अर्यालले डिबक्समा फल गरेपछि पाएको अवसरमा जोर्डनका हम्जा अल दरदुरले गोल गरे ।

यो जितसँगै जोर्डनले पहिलो खेलमा ३ अङ्क जोडेको छ । नेपालले हारबाट छनोटको सुरुआत गरेको छ । छनोटको समूह ुएु मा रहेको नेपालले अब शनिवार घरेलु टोली कुवेत र आउँदो ३१ गते इन्डोनेसियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077