Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कैलालीबाट ८६ हजार नगदसहित पाँच जुवाडे पक्राउ

कैलाली । कैलालीबाट जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्लाको धनगढी उपमहानगरपालिका –१ वसन्तटोलस्थित ४० वर्षीया दिपु श्रीमालको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई नगद ८६ हजार र पाँच गड्डी ताससहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डोटी जिल्ला दिपायल सिलगढी नगरपालिका–६ घर भई हाल धनगढी–३ बस्ने ६२ वर्षीय तेजबहादुर बोगटी, धनगढी–१ का ४८ वर्षीय धनबहादुर खड्का, सोही ठाउँका ३० वर्षीय रमेश श्रीमाल, धनगढी–७ का २५ वर्षीया रामकृष्ण राना र धनगढी–७ कै ३९ वर्षीया शान्त राम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ परेका पाँचै जनामाथि आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077