Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्वकप लिग–२ : टस हारेर नेपाल बलिङमा

काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत नेपालले अहिले ओमानसँग खेल्दैछ ।

अहिले ह्युस्टस्थित मुसा क्रिकेट स्टेडियमको मैदानमा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला ब्याटिङ रोजेका छन् ।

ओमानविरुद्धको खेलमा सुनील धमलाले डेब्यू गरेका छन्। धमला २०१७ पछि नेपाली टोलीमा फर्किएका हुन्। उनी अघिल्लो महिना जिम्बावे ए सँगको सिरिजमा राम्रो प्रदर्शन गरेपछि टोलीमा फर्किएका थिए।

घाइते ओपनरद्वय आसिफ सेख र कुशल भुर्तेल टिममा छैनन्। सुवास र सुनीलले ओपनिङ गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077