Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • सिसडोल-बन्चरेडाँडाबासीसँग महानगरको १८ बुँदे सहमति, राति मात्रै लैजान पाउने

    सिसडोल-बन्चरेडाँडाबासीसँग महानगरको १८ बुँदे सहमति, राति मात्रै लैजान पाउने

    अनलाइन नेपाल
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • 1.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर अबदेखि रातिमात्र व्यवस्थापन गर्न लैजाने गरी काठमाडौं महानगरपालिका र स्थानीयबीच सहमति जुटेको छ। शुक्रबार अबेर राति भएको वार्तामा काठमाडौं महानगर र सिसडोल-बन्चरेडाँडाबीच फोहोर उठाउन १८ बुँदे सहमति भएको हो ।

    यसअघि जेठ २३ गते भएको सहमतिलाई अवज्ञा गर्दै नुवाकोटको सिसडोलका बासिन्दाले फोहोर फाल्न अवरोध गरेपछि काठमाडौँ महानगरपालिका र स्थानीय जनप्रतिनिधिबीच शुक्रबार मध्यराति सहमति भएको हो ।



    सहमतिअनुसार अब रातको समयमा मात्रै फोहोर फाल्ने समझदारी भएको छ। सहमतिपत्रमा सरकार र महानगरले गर्नुपर्ने काम समय निर्धारण गरेर उल्लेख गरिएको छ।



    समझदारी पत्रमा काठमाडौँ महानगरका प्रमुुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पौड्यालले हस्ताक्षर गरेका छन्।

    त्यस्तै स्थानीयको तर्फबाट ककनी गाउँपालिकाका वडा नम्बर १ का अध्यक्ष पदबहादुर श्रेष्ठ, २ का अध्यक्ष तिलकबहादुर लामा र धादिङ धुनिबेसी नगरपालिका १ का अध्यक्ष श्रीमानबहादुर तामाङ र २ का अध्यक्ष प्रकाश हमालले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार काठमाडौ महानगरपालिकाबाट बञ्चरेडाँडा कुडुलेसम्म फोहोर ढुवानी गर्ने कार्य दीर्घकालीन रुपमा रातिको समयमा गरिने भएको छ।

    रातिका लागि आवश्यक पूर्वाधार बत्ती तथा बाटोको निर्माण तथा व्यवस्था महानगरपालिकाले तीन महिना भित्र गर्ने सहमति जुटेको छ।

    यस्तै सिसडोल तथा बञ्चरेडाँडामा फोहोरको दुर्गन्ध नआउने गरी महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने छ।सहमतिपछि शुक्रबारबाट उपत्यकाको फोहोर उठ्ने दाबी गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार