Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

कटुवा पेस्तोलसहित दुईजना पक्राउ

काठमाडौं । रौतहटमा कटुवा पेस्तोलसहित दुईजना पक्राउ परेका छन् ।

ईशनाथ नगरपालिका-४ महुलिया बस्ने ३० वर्षीय रामबाबु सिंह र भारत विहार ग्राम पर्सा बस्ने ४० वर्षीय कृष्ण साहलाई कटुवा पेस्तोलसहित शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूबीच लेनदेनको विषयमा विवाद भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मठियाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पेस्तोलसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077