Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

नारायणघाट–मुग्लिन सडक खण्डमा फेरि पहिरो, यात्रुलाई सास्ती

काठमाडौं । नारायणघाट–मुग्लिन सडक खण्डमा फेरि पहिरो खस्दा यात्रुलाई सास्ती भएको छ । राति टोपे खोला नजिकै पहिरो खस्दा केहीबेर दुईतर्फी नै सडक बन्द भएको थियो ।

अहिले पहिरो पन्छाएर बिस्तारै गाडी सञ्चालन गर्न थालिएको मुग्लिन प्रहरीले जनाएको छ । पहिरो पन्छाउँदै गाडी खुलाउँदै गरिए पनि पानी परिरहेकाले सडक पूर्णरूपमा खुल्न सकेको छैन ।

अहिले गाडी चापमा चलिरहेका र जाम रहेको मुग्लिन प्रहरीले जनाएको छ । हिजो शुक्रवार बिहान पनि त्यही ठाउँमा पहिरो खस्दा घण्टौँसम्म गाडी जाम भएको थियो । दिउँसो पहिरो पन्छाएर गाडी चल्न थाले पनि फेरि पहिरो खस्दा यात्रुले सास्ती पाएका छन् ।

पानी पर्नेबित्तिकै ठाउँठाउँमा पहिरो खस्ने गर्दा मुग्लिन–नारायणघाट सडक खण्डको यात्रा कष्टकर हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077