Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अमेरिकाविरुद्ध टस जितेर नेपाल ब्याटिङमा, आदिलले गरे डेब्यू

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत दोस्रो खेलमा घरेलु टोली अमेरिकाविरुद्ध पहिला ब्याटिङ गर्दैछ ।

ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा केहीबेरपछि सुरु हुने खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

नेपाल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले आजको खेलमा तीन परिवर्तन गरेका छन्। विकेटकिपर विनोद भण्डारीसँगै ओपनरद्वय सुवास खकुरेल र सुनील धमला बेन्चमा राखेका छन्।

उनले पहिलो रोजाईका आसिफ शेख, कुशल भुर्तेल र आदिल अन्सारीलाई मौका दिएका छन्। आदिलको यो ओडीआईमा डेब्यू खेल हो। उनी नेपाली राष्ट्रिय टोलीमा डेब्यू गर्ने ३२औं खेलाडी हुन्। यस सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो ।

यस्तो छ नेपालको प्लेङ-११ :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077