Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्वकप लिग–२ : नेपाल–अमेरिकाको खेल नाटकीय ‘टाई’

काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपाल र अमेरिकाबीचको खेल ‘टाई’ भएको छ।

जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७४ रन बनाएपछि खेल ‘टाई’ भएको हो ।

यसअघि ह्युस्टनमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ७४ रन जोडेको थियो ।

अमेरिकालाई जितका लागि अन्तिम ६ बलमा ६ रन चाहिएको अवस्थामा अन्सारीले पाँच रन खर्चेर बराबरी गराए । बराबरीसँगै नेपाल र अमेरिकाले एकरएक अङ्क बाँडेका छन् । अमेरिकाका स्टिभन टेलरले १ सय १४ रनको शतक प्रहार गरेपछि जितउन्मुख भएको थियो ।

उनको यो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हो । त्यस्तै अमेरिकाका कप्तान मोनाङ्क पटेलले ८५ रनको अर्धशतकीय पारी खेले । नेपालका लागि एक दिवसीयमा डेब्यु खेल खेलेका अन्सारीले ३ विकेट लिए ।

सन्दीप लामिछाने र सोमपाल कामीले १/१ विकेट लिए । नेपालका लागि रोहित पौडेलले ६२, आसिफ शेखले ६१ र देव खनालले ५४ रनको अर्धशतकीय पारी खेले ।

रोहितको एक दिवसीयमा पाँचौँ, देव र आसिफको समान दोस्रो अर्धशतक हो । अमेरिकाका रस्टी थेरनले ४, सौरभ नेत्रवालकार र अली खानले २र२ विकेट लिए । यसअघि पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077