Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • अमेरिकी जनरल फ्लिनले गरे पाँचखाल र शिवपुरीस्थित सैनिक कमाण्डको भ्रमण

    अमेरिकी जनरल फ्लिनले गरे पाँचखाल र शिवपुरीस्थित सैनिक कमाण्डको भ्रमण

    अनलाइन नेपाल
  • आइतबार, २९ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । अमेरिकी सेनाको इन्डो प्यासिफिक कमान्डका कमान्डर जनरल चार्ल्स ए फ्लिनले नेपाली सेनाका विभिन्न युनिटको भ्रमण गरेका छन् ।

    जनरल फ्लिनले आइतबार पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेका हुन् ।





    भ्रमणका क्रममा जनरल फ्लिनले शान्ति कार्य तालिम केन्द्रबारे जानकारी लिएको नेपाली सेनाले जनाएको छ । यससँगै शान्ति स्थापना कार्यको दौरान आवश्क पर्ने विभिन्न प्रदर्शनको अवलोकन गरेका छन् ।

    त्यस्तै, शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजको भ्रमणका क्रममा तालिमरत शिक्षार्थी अधिकृतसँग अन्तरक्रिया गरेका छन् । नेपालको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी फ्लिनको टोली आजै स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार