Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • अमेरिकी सेनाका प्यासिफिक कमान्डर चार्ल्स ए फ्लिनले गरे जङ्गी अड्डाको भ्रमण

    अमेरिकी सेनाका प्यासिफिक कमान्डर चार्ल्स ए फ्लिनले गरे जङ्गी अड्डाको भ्रमण

    अनलाइन नेपाल
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । चार दिने नेपाल भ्रमणका लागि नेपाल आइपुगेका संयुक्त राज्य अमिरकाको सेनाको प्यासिफिक कमान्डर जनरल चार्ल्स ए फ्लिनले शुक्रवार सैनिक जङ्गी अड्डाको भ्रमण गरेका छन् ।

    त्यस क्रममा चार्ल्स ए फ्लिन र प्रधान सेनापति प्रभुराम शर्माबीच भेटवार्ता समेत भएको हो । चार्ल्स ए फ्लिनको सम्मानमा नेपाली सेनाले जंगी अड्डा परिसरमा सम्मानगारत अर्पण गरेको छ ।



    यस्तै नेपाली सेनाको अपरेशनल गतिविधिका बारेमा प्रस्तुतीकरण गरेको छ । प्रधान सेनापति शर्मा र फ्लाइनबीच भएको भेटघाटमा आपसी हित र पारस्परिक सहयोगका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।



    शुक्रबार जंगी अड्डा पुगेका उनी शनिबार हिमाल दृश्यावलोकनका लागि माउन्टेन फ्लाइटमा जाने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार