Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सेनाप्रति नेपाली जनताको विश्वास र भरोसा कायम राख्न निर्देशन

    नेपाली सेनाका कमाण्ड सेनापतिहरूको दुई दिने समन्वयात्मक बैठक जङ्गी अड्‍डामा सुरु

    नेपाली सेनाका कमाण्ड सेनापतिहरूको दुई दिने समन्वयात्मक बैठक जङ्गी अड्‍डामा सुरु

    अनलाइन नेपाल
  • बिहिबार, ९ भाद्र २०७९
  • 879
    SHARES

    काठमाडौं । नेपाली सेनाका कमाण्ड सेनापतिहरूको २ दिने बैठक सुरु भएको छ । रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बिहीबार जंगी अड्डामा बैठक शुभारम्भ भएको हो ।

    बैठकमा रक्षा सचिव, जङ्गी अड्डाका पिएसओ रथीबृन्द, चारवटै कमाण्डका कमाण्ड सेनापतिहरु, विभिन्न विभाग, महानिर्देशनालय, कोर तथा निर्देशनालयका प्रमुखहरु तथा उपत्यका भित्र रहेका बाहिनीपतिहरु सहभागी छन् ।



    सहभागी कमाण्ड तथा विभाग प्रमुखहरुले आ-आफ्नो जिम्मेवारी र क्षेत्रको वर्तमान अवस्थाको बारेमा जानकारी गराउने र सुझाव दिने जंगी अड्डाले जानकारी दिएको छ ।



    प्रधानमन्त्री तथा रक्षामन्त्री देउवाले देशको सुरक्षा र प्रतिरक्षा जस्तो महत्त्वपूर्ण र संवेदनशील जिम्मेवारी बोकेको नेपाली सेनाले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता तथा राष्ट्रिय एकतालाई बलियो बनाउन आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको कुरा व्यक्त गरे ।

    साथै उनले नेतृत्व तहमा रहेका पदाधिकारीहरुको ईमान्दारी र कर्तव्यपरायणताबाट नै मातहतका फौजको हौसला र मनोवल उच्च हुनुका साथै समग्रमा नेपाली सेनाप्रति नेपाली जनताको विश्वास र भरोसा कायम राख्न निर्देशन दिए ।

    यसैगरी प्रधान सेनापति महारथी प्रभुराम शर्माले शान्तिको समयमा संचालन भएका विभिन्न तालिम एवं अभ्यासहरुले नै आपतकालिन परिस्थितीमा सहजतापूर्वक कार्य गर्न सकिने भएकोले नेपाली सेनाले आन्तरिक रुपमा तथा विदेशी सेनासँग सहकार्य गरी तालिम तथा अभ्यासहरु संचालन गर्दै आइरहेको जानकारी गराउनु गराए ।

    उनले नेपाली सेना मित्रराष्ट्रहरुसँगको सन्तुलित सम्बन्ध लगायत छिमेकी राष्ट्रहरुको सुरक्षा संवेदनशीलतालाई समेत मध्यनजर राखी राष्ट्रिय स्वार्थमा कुनैपनि किसिमको आघात हुन नदिने पक्षमा सजग र सतर्क रहँदै आएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार