Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ठगी र विश्वासधात कसूर मुद्दामा फरार अनुराधा कुमारी साह पक्राउ

काठमाडौं । ठगी र आपराधिक विश्वासघात मुद्दाका फरार प्रतिवादी अनुराधा साहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा)ले सोमबार पक्राउ गरेको छ ।

महाशाखाका सूचना अधिकारी एसपी दिनेश कुमार आचार्यका अनुसार सप्तरी प्रहरीको अनुरोधमा प्रतिवादी अनुराधा कुमारी साहलाई काठमाडौंको बुद्धनगरबाट पक्राउ गरिएको हो ।

साविकको खरहनी गाविस वडा नम्बर ५ धनुषाकी ४५ वर्षीय साहलाई जेठ २८ गते प्रहरीले बुद्धनगरबाट पक्राउ गरेको थियो ।

त्यसलगत्तै जेठ २९ गते साहलाई इलाका प्रहरी कार्यालय, कल्याणपुर सप्तरीमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077