Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आर्थिक अनियमिततासम्बन्धी आरोपमा राहुल गान्धीको आज बयान बयान लिइदै

एजेन्सी । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले आर्थिक अनियमिततासम्बन्धी आरोपमा आज बयान दिने भएका छन्। उनलाई सम्पत्ति शुद्धीकरणको एउटा मुद्दामा इन्फोर्समेन्ट डाइरेक्टरेट इडी भनिने संस्थाले बयान लिन बोलाएको हो।

भारतको एउटा पुरानो प्रकाशन नेशनल हेराल्डसँग जोडिएको विवादमा गान्धी सम्पत्ति छानबिनसम्बन्धी निकायमा बयानका लागि उपस्थित हुन लागेका हुन्।

गान्धी बयानका लागि जाँदै गर्दा कांग्रेस पार्टी कार्यकर्ताहरूले भने इडी कार्यालयबाहिर प्रदर्शनको तयारी गरेका छन्।हिजो भारतीय कांग्रेसले देशका विभिन्न सहरमा पात्रकार सम्मेलन गरेर भारतीय जनता पार्टी भाजपा नेतृत्वको सरकारले बदलाको राजनीति गरिरहेको आरोप लगाएको थियो।

केही समयअघि इडीले नेशनल हेराल्ड प्रकरणमा गान्धीसहित आमा सोनिया गान्धीलाई पनि बयानका लागि बोलाएको थियो।राहुल गान्धी नेहरूकी छोरी इन्दिरा गान्धीका नाती हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077