Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य यथाशीघ्र सुरु गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य यथाशीघ्र सुरु गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले विमानस्थल निर्माण स्थलका टाँगियाबस्ती लगायत अन्य बस्तीको स्थानान्तरणसम्बन्धी कार्य र प्रक्रिया शीघ्र बनाउन र घरसारको लागि छुटपूर्जीका लागि समेत आवश्यक व्यवस्था गर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।

समितिले गठन गरेको नागरिक उड्डयनसँग सम्बन्धित समस्याहरुको अध्ययन, अनुगमन र विश्लेषण गर्न गठन गरेको उपसमितिको प्रतिवेदनलाई सोमबार पारित गर्दै कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ ।

सो प्रतिवेदनमा निगजढ विमानस्थलबारे ‘विमानस्थल निर्माणसम्बन्धी दीर्घकालिन गुरुयोजनालाई अन्तिम रुप दिई यथाशीघ्र अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु गर्ने ।’ भनिएको छ ।

आवश्यक प्रक्रिया र मापदण्ड पूरा गरी यथाशीघ्र विमानस्थल निर्माणस्थलका लागि रुख कटान सम्बन्धी कार्यरप्रक्रिया अघि बढाउन समेत समितिले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077