Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

पहिरोले अवरुद्ध बनेको कालीगण्डकी करिडोर सडक खुल्यो

पाल्पा । पहिरो खसेपछि अवरुद्ध बनेको कालीगण्डकी करिडोर सडकखण्ड अहिले पुनः सञ्चालन भएको छ । पाल्पाको रामपुर नगरपालिका–१ स्थित स्याउलीबजार नजिकै पहिरो खस्दा आइतबार दिउँसो ३ बजेदेखि अवरुद्ध बनेको सडक सोमबार अपरान्हबाट सञ्चालनमा आएको छ ।

करिडोर अन्तर्गतको निर्माणाधीन कालीगण्डकी पक्की पुल नजिकै स्याउलीबजारदेखि तिरतिरेधाराको बीच भागमा खसेको पहिरो सोमबार बिहान १० बजेदेखि हटाउने काम भएको हो ।

करिब सात घण्टाको समय लगाएर पहिरो हटाइएपछि यस सडकखण्ड भएर गुड्ने सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेको ज्ञान मञ्जरी प्राथमिक विद्यालयका प्रधानाध्यापक दास मल्लले जानकारी दिए । यस क्षेत्रमा पटक पटक माथिबाट पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ ।

सडक अवरुद्ध हुँदा रामपुरदेखि काठमाडौँ, वीरगञ्ज, नारायणगढ, कावासोतीलगायतका लागि छुटेका गाडी र काठमाडौँ, वीरगञ्ज, नारायणगढ, कावासोतीलगायतका ठाउँबाट रामपुर आउँदै गरेका गाडीमा सवार यात्रुहरु अलपत्र परेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077