Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एकीकृत समाजवादीले भन्यो - गठबन्धनलाई कांग्रेस र माओवादीले आफ्नो हितमा प्रयोग गर्न खोजे

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक मंगलबारबाट सुरु भएको छ । पार्टी कार्यालय तीनकुनेमा बसेको बैठकमा सचिवालयले तयार गरेको निर्वाचन सम्बन्धी समीक्षा प्रतिवेदन पेस गरिएको छ । पार्टीको सचिवालयले तयार गरेको निर्वाचनसम्बन्धी समीक्षा प्रतिवेदन प्रस्तुत गरिएको छ ।

प्रतिवेदनमा गठबन्धनलाई नेपाली कांग्रेस र माओवादीले आफ्नो हितमा मात्रै प्रयोग गर्न खोजेको निष्कर्ष एकीकृत समाजवादीले निकालेको छ।

एकीकृत समाजवादीको सचिवालय बैठकमा अध्यक्ष माधव नेपालले पेश गरेको प्रतिवेदनमा उक्त निष्कर्ष छ। गठबन्धनका सात समस्यामध्ये उक्त एउटा रहेको बताउँदै भनिएको छ, ‘गठबन्धनभित्र देखा परेका समस्यामध्ये एक गठबन्धनलाई आफ्नो हितमा मात्र प्रयोग गर्न चाहनु हो। यो प्रवृत्ति नेपाली कांग्रेस र माओवादी केन्द्रमा बढी मात्रमा देखियो।’

गठबन्धनमा देखा परेका समस्या उपशीर्षकमा अन्य ६ वटा समस्या छन्। ‘पहिलो–गठबन्धन गर्न नै नचाहने, दोस्रो–गठबन्धनमा भएको निर्णय कार्यान्वयन नगर्न, तेस्रो–गठबन्धनभित्र उपगठबन्धन गर्ने, चौथो–गठबन्धन भएका स्थानमा इमान्दारीपूर्वक भोट नहाल्ने, पाँचौँ–गठबन्धनबाहिरका दलसँग चुनावी तालमेल गर्ने र छैठौं–गठबन्धनमा रहेका दलहरूमा सहकार्यको भावना ज्यादै कम्जोर हुनुलाई समस्याका रुपमा बुँदागत उल्लेख गरिएको छ ।

यसमा सातै प्रदेशका प्रदेश इन्चार्ज तथा अध्यक्षहरुले धारणा राखेका छन् । भोलि यसमा विस्तृत छलफल हुने एकीकृत समाजवादीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077