Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबीच नयाँ दिल्लीमा भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबीच नयाँ दिल्लीमा भेटवार्ता

शुक्रवार , जेठ २२, २०८३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच भेटवार्ता भएको छ। नयाँ दिल्लीमा शुक्रबार उनीहरूबीच भेटवार्ता भएको हो।

उनीहरूबीच नेपाल-भारतबीचको सुरक्षा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।

परराष्ट्रमन्त्री खनाल तीन दिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली पुगेका हुन्। उनलाई भारतीय समकक्षी एस जयशंकरले निमन्त्रणा गरेका हुन्।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले परराष्ट्रमन्त्रीको खनालको नयाँ दिल्लीमा उच्चस्तरीय भेटवार्ता हुने जनाएका थिए। 

रास्वपा सभापति रवि लामिछाने आजमात्र पाँच दिने भारत भ्रमणबाट स्वदेश फर्किएका हुन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077