Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

परराष्ट्रमन्त्री खनालले भने–सुस्ता र कालापानी नेपालकै हो

परराष्ट्रमन्त्री खनालले भने–सुस्ता र कालापानी नेपालकै हो

बुधवार , आषाढ १७, २०८३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवाद कूटनीतिक संवादमार्फत समाधान गरिने दोहोर्‍याएका छन्।

राष्ट्रियसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले भारतीय समकक्षी एस जयशंकरसँगको भेटमा पनि सीमा विवादलाई वार्ताको माध्यमबाट समाधान गर्ने विषयमा छलफल भएको जानकारी दिए।

मन्त्री खनालका अनुसार द्विपक्षीय प्राविधिक समितिले अधिकांश स्थानको सीमा निर्धारण गरिसकेको भए पनि सुस्ता र लिपुलेक–लिम्पियाधुरा–कालापानी क्षेत्रमा भने प्राविधिक तहबाट सीमांकन टुंगो लागेको छैन।

उनले ती भूभाग नेपालको भएको दाबी दोहोर्‍याउँदै नेपालसँग त्यसका लागि ऐतिहासिक आधार, प्रमाण र नक्सा रहेको बताए।

उनले भने–‘हामी हाम्रो दाबीका आधारमा कूटनीतिक संवादमार्फत समस्या समाधान गर्न चाहन्छौं ।’ उनले उक्त विवादलाई शान्तिपूर्ण र कूटनीतिक माध्यमबाट समाधान गर्न दुवै देश तयार रहेको पनि बताए।

उनले सुस्तास्थित नारायणी नदी किनारमा करिब एक किलोमिटर लम्बाइको तटबन्ध निर्माण भइरहे पनि त्यसमा भारतीय पक्षबाट कुनै अवरोध वा हस्तक्षेप नभएको बताए। यद्यपि, त्यही क्षेत्रमा सञ्चालित सिँचाइ आयोजनाका विषयमा भने दुवै देशबीच संवाद आवश्यक रहेको उनको भनाइ थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077