Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सचिव बढुवाका लागि सहसचिव विनोद प्रकाश सिंहको नाम सिफारिस

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत सहसचिव विनोद प्रकाश सिंह सचिव पदमा बढुवा सिफारिस भएका छन् ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठतम् सहसचिव सिंहको नाम सिफारिस गरेको हो ।

वरिष्ठताका आधारमा उनलाई सचिव पदमा बढुवा सिफारिस गरिएको बताइएको छ ।

हाल उनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077