Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्वकप लिग–२ : ओमानविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आज ओमानविरुद्ध पहिले बलिङ गर्ने गर्ने भएको छ ।

अमेरिकामा टेक्सासको ह्यस्टनस्थित मुसा क्रिकेट मैदानमा ओमानका कप्तान जीशन मक्सुदले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङको निम्तो पाएको हो ।

आजको खेलमा नेपालमा एक जना खेलाडी परिवर्तन गरेको छ। स्पिनर सुशान भारीको स्थानमा सागर ढकालले मौका पाएका छन्। यसअघि पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो।

नेपालको प्लेइङ ११ :

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी र सागर ढकाल

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077