Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्वकप क्रिकेट लिग–२ : ओमानमाथि नेपालको सहज जित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार राति भएको खेलमा नेपालले ओमानमाथि ७ विकेटको सहज जित हात पारेको छ ।

अमेरिका भ्रमणमा रहेको नेपालको यो पहिलो जित हो । ओमानसँगको खेलमा जितका लागि १ सय ६४ रनको लक्ष्य पछ्याएको नेपालले ३३ ओभर १ बलमा ३ विकेट गुमाउँदै भेट्टायो ।

नेपालको जितमा आसिफ शेखले सर्वाधिक ६२ रनको अर्धशतकीय पारी खेले । त्यस्तै कुशल भुर्तेलले ५६ रन जोडे । त्यसअघि ह्युस्टनमा रहेको मुसा क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको ओमान ४६ ओभर ५ बलमा १ सय ६३ रनमा अल आउट भयो ।

ओमानका कप्तान जिशान मकसुदले सर्वाधिक ५२ रन बनाए । नेपालका करण केसीले ५ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले ३ तथा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले १र१ विकेट लिए ।

एक दिवसीयमा करणले दोस्रो पटक पाँच विकेट लिएका हुन् । यसअघि गएको बिहीवार ओमानसँग भएको खेलमा करणले पाँच विकेट लिएका थिए । तर नेपाल १३ रनले पराजित भएको थियो ।

त्यस्तै दोस्रो खेलमा नेपाल र अमेरिकाले बराबरी खेल्दै अङ्क बाँडेका थिए । नेपालले आज घरेलु टोली अमेरिकासँग खेल्नेछ । खेल नेपाली समयअनुसार बेलुका सवा ९ बजे सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077