Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारत एएफसी एसियन कप २०२३ मा छनोट

एजेन्सी । हङकङलाई हराउँदै भारत एएफसी एसियन कप २०२३ मा छनोट भएको छ ।

एसियन कप तेस्रो चरणको छनोट अन्तर्गत अन्तिम खेलमा भारतले हङकङलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो ।

गएराति भएको खेलमा भारतलाई सहज जित दिलाउन कप्तान सुनिल क्षेत्री, अन्वर अली, मनविर सिंह र इसान पण्डितले समान १-१ गोल गरे ।

जितसँगै भारत समूह ‘डी’ को शीर्ष स्थानमा रहँदै एसिया कपमा सोझै छनोट भएको छ । उत्कृष्ट उपविजेता भएको हङकङ पनि एसिया कपमा छनोट भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077